यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो(कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा यु १९ महिला विश्व कप माघ ५ गते सुरु हुनेछ । माघ २० सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीले सहभागिता जनाउनेछन् ।
यु १९ महिला विश्व कप खेल माघ ५ गते देखि मलेसियामा हुदैछ।