काटमाडौंं -टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । ओमानमा हुने टि–२० विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको हो । प्रशिक्षक पुबुदु दासानायेकेसँगको परामर्शमा क्यानको छनोट समितिले बन्द प्रशिक्षणका लागि टिम छनोट गरेको हो । बन्द प्रशिक्षण १ जनवरीबाट सुरु हुने क्यानले जनाएको छ । प्रारम्भिक टोलिमा पर्ने खेलाडीको ना यस प्रकारको रहेको छ ।
कप्तान - सन्दीप लामिछाने , ज्ञानेन्द्र मल्ल,सरद भेषावकर, करन केसी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख,मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव,बिक्रम सोब, भिम शार्मी, जितेन्द्र कुमार मुखिया, सागर ढकाल, विवेक कुमार यादव, हरि शंकर शाह, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो ।
यसअघि संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् ।