२८ बैशाख,काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ रहेको छ भने सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ । त्यस्तै न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्समा ९, युएई मा ६ जना ,आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । पछिल्लो हप्ता मात्र पाँच जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक–एकजना थपिएका छन् ।
एनआरएनको स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा एक हजार पाँच एक सय, युके एक हजार, बहराइनमा दुई सय ४५, युएईमा एक सय ४९, कुवेतमा ७८, नेपालमा एक सय नौ , मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी स्पेनमा १२ ,अष्ट्रेलियामा १२ तथा जापान र क्यानडामा १०–१० जना नेपाली संक्रमित छन् । बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४–४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।